भूमि सम्वन्धि ऐन २०२१ नवौँ संशोधन गर्ने सम्वन्धि अध्यादेश जारी गर्नको लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेपछि लामो समयदेखि स्थिर रहेको घर जग्गा व्यवसाय चलायमान हुन सक्ने सम्भावना बढेको छ । त्यहीकारण घर जग्गा व्यवसायीहरु उत्साहित भएका छन् ।
मन्त्रीपरिषद्वारा पारित भएको उक्त अध्यादेश राष्ट्रपतिबाट जारी भएर राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ ।
संसदले ६ महिनाभित्र पारित गरेमा त्यसले निरन्तरता पाउनेछ भने संसदले पारित गर्न नसकेमा ६ महिनापछि स्वतः निस्क्रिय भएर अहिलेकै अवस्था कायम हुनेछ । सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकेकोले उक्त मितिपछि गठन हुने प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको हिँउदे अधिवेशनबाटै उक्त अध्यादेश पारित हुनु पर्नेछ ।





