काठमाडौं: एक वर्षमा वाणिज्य बैंकहरुले ३७ अर्ब रुपैयाँ सेयर धितो कर्जा बढाएका छन् ।
चालु आर्थिक वर्षको असोजसम्म २० वटा वाणिज्य बैंकहरुले १ खर्ब २१ अर्ब ५८ करोड रुपैयाँ सेयर धितो कर्जा दिएका छन् । सबैभन्दा बढी नबिल बैंकले १६ अर्ब २६ करोड रुपैयाँ कर्जा दिएको छ।
नबिल बैंकले एक वर्षमा ६ अर्बले सेयर धितो कर्जा बढाएको छ । गत वर्ष असोजसम्म नबिलको सेयर धितो कर्जा १० अर्ब ९६ करोड थियो ।





