कोरलामा व्यापारिक चहलपहल बढेपछि बेँसी झरेनन् माथिल्लो मुस्ताङका बासिन्दा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कोरलामा व्यापारिक चहलपहल बढेपछि बेँसी झरेनन् माथिल्लो मुस्ताङका बासिन्दा

अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो। हिउँदयामको कात्तिकअगावै माथिल्लो मुस्ताङका अधिकांश बासिन्दा जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्थे।  

माथिल्लो मुस्ताङका अधिकांश बासिन्दा हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आएको छ। नेपाल–चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश बासिन्दा बर्खे अन्नबाली घरमा भित्र्याएपछि बेँसी झर्थे। अत्यधिक चिसो सिरेटो चल्ने, हिमपातको जोखिमका साथै माथिल्लो मुस्ताङको दैनिक जनजीवन निकै कष्टकर हुन्थ्यो। अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङमा खानेपानीका धारा, शौचालयको सेफ्टी ट्याङ्की र सिँचाइ कुलोसमेत बरफ बनेर जम्ने गर्छ।  

Read More