सामाजिक सुरक्षा कोषमा जम्मा भयो श्रमिकको ९५ अर्ब


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सामाजिक सुरक्षा कोषमा जम्मा भयो श्रमिकको ९५ अर्ब

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हालसम्म २६ लाख ५० हजार श्रमिक आवद्ध भएका छन्।

हालसम्म उनीहरूको ९५ अर्ब ६८ करोड रकम कोषमा जम्मा भएको छ। श्रमिकहरूले जम्मा गरेको ९५ अर्ब रकम सहित कुल एक खर्ब २६ अर्ब रकम कोषले विभिन्न क्षेत्रमा लगानी गरेको जनाएको छ। 

उक्त रकम मध्ये ५८ अर्ब ८८ करोड ६२ लाख बैंकको मुद्धती रसिदमा, ट्रेजरी बिलमा ३२ अर्ब १८ करोड ९५ लाख लगानी गरेको छ। त्यस्तै म्युचुअल फन्डमा एक अर्ब ९ करोड ९५ लाख लगानी गरेको छ। केही रकम सुविधा भुक्तानीका लागि बैंक खातामा राखेको छ। 

Read More