११ मंसिर, काठमाडौं । भुजुङ हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ ।
बोर्डले अंकित मूल्य १ सयका दरले २० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कुल सेयर १ करोड कित्ताको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन हुन लागेको हो ।
बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । यसको बिक्री प्रवन्धकमा कुमारी क्यापिटल रहेको छ । कम्पनीले लमजुङ जिल्लामा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम हाइड्रोपावर आयोजना बनाएको छ ।





