नेपालले थप २० मेगावाट बिजुली बंगलादेशमा निर्यात गर्ने सहमति भएको छ ।
बिहीबार बंगलादेशको ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा यस्तो सहमति भएको हो । बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताज टोलीले नेतृत्व गरेका छन् ।





