लघुबीमा : विशेषता, आबश्यकता र किसिमहरु


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लघुबीमा : विशेषता, आबश्यकता र किसिमहरु

सामान्तयना लघुबीमा भनेको न्युन आय भएका व्यक्तिहरुलाई भविष्यमा हुनसक्ने संभावित जोखिमको लागि गरिने बीमा हो । त्यस्ता व्यक्ति जो न्यून आय, आर्थिक र सामाजिक कारण बाट हुन सक्ने जोखिम सँग सामना गर्न नसक्ने छन ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बिमा नै लघु बीमा हो । जसलाई पशुपालनको चिन्ता, औषधि उपचारको चिन्ता, व्यापार व्यवसायको चिन्ता, साथै बाबालिकाको भविष्यको चिन्ताले सधैँ पिरोलि रहन्छ, त्यस्ता व्यक्तिले लघुबीमाका विभिन्न कार्यक्रमहरू, जुन कार्यक्रमले आफुलाई सहजता प्रदान गर्दछ त्यस्ता कार्यक्रमहरू उपयोग गर्नुपर्दछ ।

लघुबीमा निर्देशिका, २०७१ ले “लघुबीमा व्यवसाय” भन्नाले न्यून आय, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिम उन्मुख वर्गका व्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरूको जीवन तथा सम्पत्तिको संरक्षण गर्न यस निर्देशिका बमोजिम गरिने बीमा  व्यवसाय सम्झनु पर्छ भनि परिभाषित गरिएको छ । 

लघु बीमाका विशेषताहरु 
बीमा दाबी प्रक्रिया सरल र छोटो
थौरै बचतले बिमा शुल्क तिर्न पुग्न
सरल प्रकृतिको बिमा
कम अपवाद
कम कागजी प्रक्रिया
बीमा गर्न धेरै झन्झट गर्नु नपर्ने
थोरै बीमाङ्कको बिमा गर्न सकिने

लघु बीमाका किसिमहरु
गार्हस्थ लघुबीमा
स्वास्थ्य लघुबीमा
दुर्घटना लघुबीमा
बाली लघुबीमा
लघु व्यवसाय बीमा
पशु÷पन्छी लघुबीमा
सावधिक लघु जीवन बीमा
म्यादी लघु जीवन बीमा
गम्भीर प्रकृतिका रोग बिमा

लघुबीमा कायर्यक्रम अरु बीमालेखले समेट्न नसकेको वा पहुँचमा पुग्न नसकेका वर्गहरु प्रति लक्षित रहको छ । ग्रामिण क्षेत्रमा बसोबास गर्ने बिमाको दायराले समावेश गर्न नसकेका, न्यून आय भई जीविकोपार्जन गर्ने समुदायको दैनिक जीवनमा आई पर्न सक्ने सम्भावित जोखिम न्यूनिकरणमा सहयोग पुर्याउने एक कार्यक्रम नै लघुबीमा हो । यस्ता कार्यक्रमलाई सफल पार्न सकेमा आम मानिसहरुलाई बीमा क्षेत्रको दायरा भित्र ल्याउन सकिनेछ ।

Read More
  • MBL - below news