कर्णाली प्रदेशको अर्थतन्त्र ४.७४ प्रतिशतले बढ्ने अनुमान‚ औद्योगिक क्षमता उपयोग ४६ प्रतिशत मात्र


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कर्णाली प्रदेशको अर्थतन्त्र ४.७४ प्रतिशतले बढ्ने अनुमान‚ औद्योगिक क्षमता उपयोग ४६ प्रतिशत मात्र

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) रू. २ खर्ब ५६ अर्ब पुग्ने अनुमान गरिएको छ । यस अवधिमा प्रदेशको आर्थिक वृद्धि दर ४ दशमलव ७४ प्रतिशत रहने अनुमान गरिएको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि प्रतिवेदनमा उल्लेख छ । 

गत आर्थिक वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३१ दशमलव ५०, ९ दशमलव ५८ र ५८ दशमलव ९१ प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय कुल उत्पादनमा कर्णालीको योगदान ४ दशमलव १९ प्रतिशत रहने अनुमान छ, जुन गत वर्षको ४ दशमलव २९ प्रतिशतभन्दा केही कम हो ।

मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा कर्णाली प्रदेशले गत आवमा क्रमशः ५ दशमलव २४, ३ दशमलव १३ र ३ दशमलव ९८ प्रतिशत योगदान गर्ने प्रारम्भिक तथ्यांकले देखाएको छ । 

Read More