प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट, पूँजीकोष बढाउनुपर्ने अवधि एक वर्ष


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट, पूँजीकोष बढाउनुपर्ने अवधि एक वर्ष

९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट सुरु गरेको छ । प्रणालीगत महत्त्पूर्ण बैंकहरूको छनोटका लागि मादण्ड बनाइ छनोट प्रक्रिया सुरु भएको हो ।

केन्द्रीय बैंकले सोमबार फ्रेमवर्क २०२५ लागु गर्दै प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट र ती बैंकहरूले पालना गर्नुपर्ने मापदण्ड तोकेको छ ।

सन् २००८ को विश्व वित्तीय संकटबाट सिकेका पाठ र बासेल कमिटी अन बैंकिङ सुपरभिजनका असल मापदण्डसँग मेल खाने गरी यो फ्रेमवर्क तयार गरिएको राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले बताए ।  कुनै पनि बैंक ‘टु बिग टु फेल’ नहोस् भन्ने उद्देश्यले प्रणालीगत जोखिम नियन्त्रणमा फ्रेमवर्क केन्द्रित भएको उनले जानकारी दिए ।

Read More