अपर अरुण आयोजनामा विदेशमा रहेका नेपालीलाई शेयर दिएर लगानी जुटाइने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अपर अरुण आयोजनामा विदेशमा रहेका नेपालीलाई शेयर दिएर लगानी जुटाइने

सरकारले प्रस्ताव गरेकाे एक हजार ६३ मेगावाटको अपर अरुण जलविद्युत् आयोजना निर्माण गर्न विदेशमा रहेको नेपालीहरुलाई शेयर दिएर लगानी जुटाउने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले उक्त परियोजनामा विदेशी नेपालीलाई शेयरमार्फत लगानी जुटाएर अघि बढाउने बताए ।

‘यस परियोजनलाई हामीले देश विदेशमा रहेका नेपालीहरुको लगानीमा बनाउन खोजिरहेका छौं’ एक अन्तर्वाताकाे क्रममा घिसिङले भने, ‘विदेश बसेर जसले रेमिट्यान्स पठाइरहनुभएको छ, उहाँहरुलाई शेयर दिने गरेर आयोजना निर्माण गर्न खोजिरहेका छौं ।’

उनका अनुसार, परियोजनाको लगानी मोडालिटी निर्माण अन्तिम चरणमा पुगेको छ । परियोजनाको फाइनान्सिङ क्लोजरको काम पनि छिट्टै नै सम्पन्न हुने उनले बताए । आयोजना निर्माणका लागि आवश्यक पूँजी रकम स्वदेशी र केही दातृ निकायबाट सहुलितपूर्ण ऋण लिएर जुटाइनेछ ।

Read More