चार महिनामा ६६ करोडको लसुन आयात


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चार महिनामा ६६ करोडको लसुन आयात

काठमाडौँ । अघिल्लो वर्षको तुलनामा लसुन आयात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) सम्ममा ६६ करोड ८४ लाख ९९ हजार रुपैयाँ बराबरको ४९९८.३० मेट्रिक टन लसुन आयात भएको छ ।

उक्त परिमाणमा आयात हुँदा १६ करोड ३६ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

 अघिल्लो वर्ष २०८१/८२ मा अस्वाभाविक रूपमा लसुन आयात बढेको थियो । अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म ३ अर्ब १७ करोड ३४ लाख ५२ हजार रुपैयाँको २३९८९ मेट्रिक टन लसुन आयात भएको  थियो । उक्त परिमाणमा लसुन आयात हुँदा ८१ करोड ९३ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

Read More