कात्तिकमा पूँजीगत लाभकर उठ्ती बढ्यो, चार महिनामा तीन अर्ब ३८ करोड नाघ्यो, कात्तिकमा मात्रै कति उठ्यो ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कात्तिकमा पूँजीगत लाभकर उठ्ती बढ्यो, चार महिनामा तीन अर्ब ३८ करोड नाघ्यो, कात्तिकमा मात्रै कति उठ्यो ?

सुवास निरौला

कात्तिक महिनामा पूँजीगत लाभकर उठ्ती बढेको छ। केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)का अनुसार कात्तिकमा लाभकर उठ्ती  बढेको हो।

सिडिएससीका अनुसार कात्तिक महिनामा मात्रै कुल ३८ करोड पाँच लाख ९९ हजार २९०.६४ रुपैयाँ लाभकर उठेको छ। जुन गत असोज महिनाको भन्दा बढी हो। गत असोजमा २४ करोड ३६ लाख ५६ हजार ९२० रुपैयाँ मात्रै पूँजीगत लाभकर उठेको थियो।जुन १४ करोड रुपैयाँ भन्दा बढी हो।

असोजमा शेयर बजार घट्दा लाभकर उठ्ती  समेत प्रभावित भएको थियो। असोज महिनामा उठेको लाभकर चालु आर्थिक वर्ष लागे यताकै सबैभन्दा कम थियो। किनकि गत साउनमा दुई अर्ब १५ करोड ७५ लाख ६९ हजार रुपैयाँ लाभकर उठेको थियो भने भदौमा ६० करोड १४ लाख ९९ हजार ४६४ रुपैयाँ लाभकर संकलन भएको थियो। गएको चार महिनामा कुल तीन अर्ब ३८ करोड ३३ लाख २४ हजार ७३६.७० रुपैयाँ लाभकर उठेको छ।

Read More