विदेशी लगानी प्रतिवद्धतामा सुधार, चार महिनामा ३६ अर्ब स्वीकृत


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विदेशी लगानी प्रतिवद्धतामा सुधार, चार महिनामा ३६ अर्ब स्वीकृत

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालले ३६ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई)प्रतिबद्धता स्वीकृत गरेको छ।

उद्योग विभागका अनुसार कात्तिक महिनासम्म विभिन्न आठ उद्योग समूहमा गरी ३ सय ८२ परियोजनाले लगानी स्वीकृति पाएका छन्। गत आर्थिक वर्षको यही अवधिमा १९ अर्ब रूपैयाँ बराबरको स्वीकृति थियो।

उद्योग विभागका अनुसार सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दर्ता भएका छन्। आईसीटी क्षेत्रमा मात्र २ सय ५ उद्योगले स्वीकृति पाएका छन्।

Read More
  • EBL Ad news