सरकारले क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यले पर्यटन विभागमार्फत १२ बुँदे कडाइका निर्देशन जारी गरेको छ।
निर्देशनले क्यासिनो व्यवसायलाई सम्पत्ति शुद्धीकरण निवारण, आतंककारी गतिविधिमा वित्तीय लगानी रोकथाम, राजस्व पारदर्शिता र सुरक्षा व्यवस्थापनमा अझ कडाइका साथ व्यवस्थित गर्ने विभागले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको विभागले हाल सञ्चालनमा रहेका सबै क्यासिनोलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, क्यासिनो नियमावली–२०८२ तथा सम्बन्धित कानुनको पूर्ण परिपालनामा बस्न निर्देशन दिएको हो।





