नेपालले सन् २०२५ का लागि Fitch Ratings बाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ “BB-” प्राप्त गर्न सफल भएको छ । गत वर्षको मूल्यांकनबाट पनि नेपालले यही रेटिङ् प्राप्त गरेको थियो ।
पछिल्ला महिनाहरूमा देखिएको सामाजिक-राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्वहरू पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गरेकाे अर्थ मन्त्रालयले जनाएकाे छ।





