काठमाडौं: चालु आर्थिक वर्ष २०८२-८३ को कात्तिक महिनामा घरजग्गा कारोबारबाट २ अर्ब ७४ करोड रुपैयाँ राजश्व संकलन भएको छ।
संकलिन राजश्वमध्ये सेवा कर २१ करोड, रजिष्ट्रेशन शुल्क १ अर्ब ५० करोड र पूँजीगत लाभकर ९९ करोड रुपैयाँ संकलन भएको छ।
राजश्व संकलन गर्नेमा सबैभन्दा बढी ललितपुरको लगनखेल मालपोत कार्यालयले ३२ करोड, काठमाडौंको डिल्लीबजारले २८ करोड, भक्तपुर कार्यालयले १९ करोड, कलंकी कार्यालयले १८ करोड, चावाहिल कार्यालयले १५ करोड राजश्व संकलन गरेका छन्।





