दुई खर्ब लाग्ने दूधकोशी जलविद्युतको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री घिसिङले गरे एडिबीसँग आग्रह


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दुई खर्ब लाग्ने दूधकोशी जलविद्युतको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री घिसिङले गरे एडिबीसँग आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एसियाली विकास बैंक (एडिबी) लाई आग्रह गरेका छन्।

एडिबी दक्षिण एसिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग सोमबार भएको भेटमा मन्त्री घिसिङले दूधकोशीको वित्तीय व्यवस्थापन धेरै लामो समयदेखि चर्चामा रहेकाले यसलाई तत्काल टुंगो लगाइनुपर्ने बताए।

Read More