गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट रु दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ । सोमबार सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार बक्यौता बाँकी रहेका करदाताबाट रु ९४ अर्ब ९५ करोड र प्रशासकीय पुनरावलोकनमा रहेका दुई हजार ९५ करदाताबाट रु एक खर्ब ८० अर्ब १० करोड बराबर असुली हुन बाँकी देखिएको हो ।





