काठमाडौंः चालु आर्थिक वर्षको कात्तिकसम्म ३८२ वटा वैदेशिक लगानीका उद्योग खोल्ने प्रस्ताव स्वीकृत भएको छ। ४ महिनामा ३६ अर्ब रुपैयाँ बराबरका उद्योग दर्ताको प्रतिवद्धता आएको हो।
विभागमा धेरै उद्योग अटोमेटिक रुटबाट दर्ता हुन थालेका छन्। २५१ उद्योग अटोमेटिक रुटबाटै दर्ता भएका छन्। अटोमेटिक रुटबाट दर्ता हुँदा प्रणलीले नै डकुमेन्ट परीक्षण गरी स्वीकृत हुने गरेका छन्।





