सरकारले चालु आवको पहिलो चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजश्व संकलन गरेको हो । यो लक्ष्यको ७७ दशमलब ४९ प्रतिशत हो । कार्तिकसम्म सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो ।
सरकारको वार्षिक राजस्व संकलन लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ । गत वर्ष कार्तिकसम्म ४ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा ३ खर्ब २९ अर्ब २ करोड रुपैयाँ संकलन भएको थियो ।





