काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदन अनुसार खुला सीमाबाट हुने अवैध आयात, रासायनिक मलको अभाव, गुणस्तरहीन बीउ तथा प्राविधिक जनशक्तिको कमीलगायतका गम्भीर चुनौतीहरू देखिएको छ ।
८५ प्रतिशत बजेट कार्यान्वयन
मन्त्रालयको प्रतिवेदन अनुसार कृषि तथा पशुपन्छी विकास क्षेत्रमा कुल ४९ अर्ब ६९ करोड ८१ लाख २४ हजार बजेटमध्ये समग्रमा ८४.५५ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । यसमध्ये चालु खर्चतर्फ ८५.०३ प्रतिशत र पुँजीगत खर्चतर्फ ६५।४६ प्रतिशत प्रगति देखिएको छ ।





