काठमाडौँ — संघ, प्रदेश र स्थानीय तहका विभिन्न खातामा १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार २०८२ असोज मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ७४ अर्ब ९२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।




