नेपालले कार्बन उत्सर्जन घटाएपछि विश्व बैंकबाट पायो एक अर्ब ३२ करोड


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपालले कार्बन उत्सर्जन घटाएपछि विश्व बैंकबाट पायो एक अर्ब ३२ करोड

नेपालले वन संरक्षण मार्फत  कार्बन उत्सर्जन घटाएपछि विश्व बैंकबाट करिब एक अर्ब ३२ करोड रूपैयाँ (९४ लाख अमेरिकी डलर) प्राप्त गरेको छ। 

कुल ६ अर्ब ३४ करोड रूपैयाँ (चार करोड ५० लाख डलर) को यो आयोजनामध्ये नेपालले पहिलो पटक यस्तो भुक्तानी पाएको हो। 

सन् २०२१ देखि तराई क्षेत्रमा कार्यान्वयन गरिएको नेपाल उत्सर्जन नियन्त्रण कार्यक्रम अन्तर्गत यस्तो भुक्तानी गरिएको हो। 

नेपालले करिब १८ लाख ८८ हजार टन कार्बन उत्सर्जन घटाएको भन्दै उत्सर्जन नियन्त्रण सम्बन्धी भुक्तानी सम्झौताअन्तर्गत यस्तो भुक्तानी गरिएको हो। 

Read More