विश्व बैंककी प्रबन्ध निर्देशक अंशुला कान्तको जीवनी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विश्व बैंककी प्रबन्ध निर्देशक अंशुला कान्तको जीवनी

विश्व बैंककी नवनियुक्त प्रबन्ध निर्देशक अंशुला कान्त अहिले भारतको सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इण्डिया (एसबीआई)की प्रबन्ध निर्देशक एवम् चिफ फाइनान्सियल अफिसर छिन् ।

विश्व बैंकमा कान्त
प्रबन्ध निर्देशकका रुपमा कान्तले विश्व बैंक समूहको वित्तीय र जोखिम व्यवस्थापनसम्बन्धी जिम्मेवारी सम्हाल्नेछिन् । अरु सामान्य व्यवस्थापनका अलावा उनले फाइनान्सियल रिपोर्टिङ, जोखिम व्यवस्थापन लगायत काम गर्नेछिन् । विश्व बैंकअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडिए) लगायत अन्य संस्था परिचालनका लागि उनले विश्व बैंकका सीईओ क्रिष्टलिना जर्जिभासँग सहकार्य गरेर काम गर्नेछिन् ।

एसबीआईसँगको लामो सहकार्य
कान्तले सन् १९८३ मा प्रोबेस्नरी अफिसरको रुपमा एसबीआई प्रवेश गरेकी थिइन् । मिहिनेत र लगनशीलताका कारण उनी प्रोमोट हुँदै प्रबन्ध निर्देशकसम्म बनिन् । उनले मुम्बई एसबीआईमा प्रमुख व्यवस्थापक भएर पनि काम गरेकी छिन् भने नेशनल बैंकिङ ग्रुप संचालनका लागि डेपुटी मेनेजिङ डाइरेक्टरको जिम्मेवारी पनि सम्हालेकी छिन् । २०१८ सेप्टेम्बरदेखि उनले एसबीआईको प्रबन्ध निर्देशक भएर काम गरिरहेकी छिन् ।

कान्तको निपुणता
कान्त हाल स्ट्रेस्ड एसेट्स, रिस्क एण्ड कम्प्लायन्सकी इन्चार्ज हुन् । एसबीआईको सिंगापुर युनिटमा सीईओ भएर समेत काम गरिसकेकी उनले नोटबन्दीको समयमा पनि उत्कृष्ट कार्य गरेकी थिइन् । चिफ फाइनान्स अफिसरका रुपमा उनले बैंकको पुँजीगत विकासमा ठूलो योगदान पुर्याएकी छिन् । रिटेल बैंकिङ, कर्पोरेट क्रेडिट, क्रस बोर्डर ट्रेड र बैंकिङ इन डेभलप्ड मार्केटमा उनको निपुणता पाइन्छ ।

शिक्षा र परिवार
लेडी श्रराम कलेजबाट अर्थशास्त्र लिएर बीए गरेकी उनले दिल्ली स्कुल अफ इकोनोमिक्सबाट सन् १९८१ मा एमए गरिन् । चार्टर्ड अकाउन्टेन्टसँग बिहे गरेपछि रुर्कीबाट उनी बनारसी गइन् । अहिले उनको छोरा अमेरिका र छोरी सिंगापूरमा छन् ।

Read More
  • MBL - below news