सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैनः अर्थमन्त्री खनाल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैनः अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक र वित्तीय नीतिलाई सबैको सुझाव अनुसार अगाडि बढाइएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सुरुवातः नेपाल विकास अपडेट कार्यक्रममा उनले विगतमा मौद्रिक र वित्तीय नीतिबीच प्रायः द्वन्द्व हुने भन्दै यस पटक सबैको सामूहिक प्रयासमा निजी क्षेत्रको विषयलाई पनि सम्बोधन गर्ने प्रयास गरेको बताए ।

उनले भने, ‘विगतमा मौद्रिक र वित्तीय नीतिबीच प्रायः द्वन्द्व हुने समय थियो । एउटा नीति मौन रहने अर्को अत्यधिक आक्रामक हुन्थ्यो । र जसको परिणामस्वरूप आर्थिक समस्याहरू कम गर्ने उद्देश्यले बनाइएका नीतिहरूको नकारात्मक परिणाम वा नकारात्मक परिणामहरू देखा परेका थिए । यस पटक सामूहिक प्रयासमा काम भएको छ । निजी क्षेत्रले अनुरोध गरेको सबै विषयलाई सम्बोधन गर्ने प्रयास गरेका छौ ।’

Read More