आज कार्तिक २७ गते बिहिबार, मार्गशीर्ष कृष्णपक्ष नवमी तिथि, कुन राशिको लागि कस्तो ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आज कार्तिक २७ गते बिहिबार, मार्गशीर्ष कृष्णपक्ष नवमी तिथि, कुन राशिको लागि कस्तो ?

कार्तिक २७ गते बिहिबार, मार्गशीर्ष कृष्णपक्ष नवमी तिथि

मेष
कृषि, फेशन तथा सेवामूलक व्यवसायमा सफलता प्राप्त हुनेछ। प्रयासअनुसार राम्रो उपलब्धि मिल्नेछ।

वृष 
वैदेशिक सम्बन्धित कार्य तथा व्यापारबाट मध्यम लाभ हुने संकेत देखिन्छ। धैर्यका साथ अघि बढ्नु उपयुक्त हुनेछ।

मिथुन 
आम्दानीको स्रोत बलियो बन्नेछ। बैङ्किङ, फाइनान्स तथा लेनदेनका कामहरूबाट विशेष फाइदा उठाउन सकिनेछ। 

कर्कट
व्यवसाय तथा पेशागत क्षेत्रमा उल्लेखनीय सफलता मिल्नेछ। प्रशासनिक निकायबाट सहयोग प्राप्त हुने सम्भावना छ।

सिंह
परोपकारी कार्यमार्फत सम्मान र लोकप्रियता प्राप्त हुनेछ। पर्यटन तथा मनोरञ्जन क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई राम्रो लाभ मिल्नेछ।

कन्या
स्वास्थ्यमा समस्या तथा पारिवारिक असमझदारी देखिन सक्छ। यद्यपि मेडिकल वा हातहतियार सम्बन्धी कामबाट फाइदा उठाउन सकिनेछ। 

तुला
परिवार तथा आफन्तजनको सहयोगले महत्वपूर्ण कार्यहरू पूरा हुनेछन्। रमाइलो यात्राको अवसर पनि मिल्नेछ।

वृश्चिक
धनको लाभदायक क्षेत्रमा लगानी हुन सक्छ। रोकिएका आर्थिक कामहरू अगाडि बढ्ने सम्भावना छ।

धनु
शैक्षिक, सामाजिक तथा बौद्धिक गतिविधिमा समय दिनुपर्ने आवश्यकता देखिन्छ। आर्थिक पक्ष सामान्य रहनेछ।

मकर
खर्चमा वृद्धि र काममा अवरोधको सम्भावना रहेकाले सोचविचार गरेर निर्णय लिनु उपयुक्त हुनेछ।

कुम्भ
पद र प्रतिष्ठामा वृद्धि हुनेछ। दाजुभाइ तथा साथीहरूको सहयोगबाट नयाँ अवसरहरू प्राप्त गर्न सकिनेछ।

मीन
नयाँ लगानी तथा नयाँ काम प्रारम्भ गर्न अनुकूल समय रहन सक्छ। नयाँ योजनाहरू अघि बढाउन उपयुक्त रहनेछ।