ह्यात रिजेन्सीबाट झन्डै ५ सय कर्मचारी कटौती, विरोधमा उत्रियो ट्रेड युनियन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ह्यात रिजेन्सीबाट झन्डै ५ सय कर्मचारी कटौती, विरोधमा उत्रियो ट्रेड युनियन

काठमाडौँ — जेन-जी आन्दोलनलगत्तै बन्द रहेको बौद्धस्थित पाँचतारे होटल ह्यात रिजेन्सीले आफ्ना स्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई मासिक पारिश्रमिक दिन नसक्ने जनाउँदै श्रमिक कटौती गरेको  छ। यो निर्णयसँगै दसकौंदेखि कार्यरत झन्डै ५ सयभन्दा बढी कामदारको रोजीरोटी संकटमा परेको ट्रेड युनियनहरूले बताएका छन्।

उनीहरूका अनुसार, होटलमा स्थायी १ सय ४८, करारमा करिब ३ सय र ज्यालादारीमा ६० जना कर्मचारी कार्यरत छन्।

‘ह्यात स्थापना भएदेखि नै यहाँ कार्यरत धेरै छौँ । २५ वर्षको सेवापछि हामीलाई एक्कासि घर पठाउने निर्णय भयो। जेन-जी आन्दोलनपछि सरकारले सहुलियत कर्जा घोषणा गरेको छ, कर्मचारीको हितमा नीति ल्याएको छ। तर, यो होटल, जसमा नेपाल सरकारको समेत लगानी छ । यो प्रतिष्ठानले हामीलाई अन्यायपूर्वक निकाल्ने निर्णय गर्‍यो,’ नेपाल ट्रेड युनियन कांग्रेस निकट एक श्रमिक नेताले भने।

Read More