सरकारले तोकेकै रकम लैजान बाध्य उखु किसान, नवलपरासीमा झन्डै ८ करोड भुक्तानी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सरकारले तोकेकै रकम लैजान बाध्य उखु किसान, नवलपरासीमा झन्डै ८ करोड भुक्तानी

परासी : आर्थिक स्रोत जुटन नसक्ने भन्दै अनुदान कटौती गरेपछि आन्दोलनमा उत्रिएका उखु किसानले अन्तत: सरकारले तोकेकै रकम लैजान बाध्य भएका छन् । आर्थिक वर्ष २०८१/०८२ का लागि तोकिएको प्रति क्विन्टल ७० रुपैयाँलाई घटाएर सरकारले ३५ रुपैयाँ दिने निर्णय गरेको थियो । त्यसका विरुद्ध किसानले जिल्लादेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । सरकारले घटाएको रकम नलिने भन्दै फर्किएका नवलपरासीका किसानले अहिले सोही रकम लिन थालेका छन् । 

उखु उत्पादक महासंघले सरकारसँग थप ३५ रुपैयाँका लागि पहल भइरहेको बताएपछि उनीहरूले रकम लिन थालेको बताइएको छ । जसअनुसार नवलपरासीमा अनुदान पाउने ७ हजार ३०८ किसानमध्ये अहिलेसम्म प्रति क्विन्टल ३५ रुपैयाँका दरले ६ हजार ६६८ जना किसानको खातामा रकम गइसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय(कोलेनिका) परासीका प्रमुख कोष नियन्त्रक कमल सापकोटाले जानकारी दिए ।

Read More