२६ कात्तिक, काठमाडौं । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले धराैटी बाफत् ८६ लाख ३० हजार रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई बुझाएको छ । यससँगै प्राधिकरणले बिजुलीको लाइन मंगलबार साँझ जोडिदिएको छ ।
विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले ७ कात्तिकमा बिजुलीको लाइन काटिदिएको थियो ।





