शिवम् सिमेन्ट र हिमाल आइरनले पनि तिरे ट्रंक तथा डेडिकेटेड महशुलको पहिलो किस्ता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शिवम् सिमेन्ट र हिमाल आइरनले पनि तिरे ट्रंक तथा डेडिकेटेड महशुलको पहिलो किस्ता

शिवम् सिमेन्ट र हिमाल आइरनले पनि ट्रंक तथा डेडिकेटेड महशुलबापतको बक्यौता महशुलको किस्ता बुझाएका छन् । पहिलो किस्ता बराबर ती दुई उद्योगले प्राधिकरणलाई महशुल बुझाएका हुन् ।

जसमा शिवमले २ करोड ३८ लाख रुपैयाँ रकम महशुलबापतको किस्ता बुझाएको हो । प्राधिकरणका अनुसार, शिवमले ६६ करोड ८९ लाख रुपैयाँ महशुल बुझाउन बाँकी थियो । त्यस्तै, हिमाल आइरन उद्योगले पनि गत आइतबार महशुलबापतको किस्ता बुझाएको छ । उद्योगले प्राधिकरणलाई महशुलबापत १३ करोड ६५ लाख तिर्न बाँकी थियो ।

Read More