पोखरा विमानस्थलको भन्सार तथा भ्याट छुटको २ अर्ब २२ करोड ठेकदारको भुक्तानीबाट कटौती हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पोखरा विमानस्थलको भन्सार तथा भ्याट छुटको २ अर्ब २२ करोड ठेकदारको भुक्तानीबाट कटौती हुने

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा दिइएको भन्सार र मूल्य अभिवृद्धि कर (भ्याट) छुटका नाममा देखिएको २ अर्ब २२ करोड ४० लाख रुपैयाँको बेरुजु अब ठेकेदार कम्पनीलाई गर्न बाँकी भुक्तानीबाटै कटौती गरिने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले २०८२ कात्तिक १३ गते बसेको बैठकले उक्त रकम चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई भुक्तानी गर्नुपर्ने बाँकी रकमबाट घटाउने निर्णय गरेको हो । प्राधिकरणले यो निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको छ, जसपछि अर्थ मन्त्रालयमार्फत बेरुजु फछर्यौट गर्ने बाटो खुलेको छ।

Read More