नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । सो अवधिमा राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाहीस्वरुप सचेत गराएको हो ।

कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्तिको खातामा कारोबार गराएको उल्लेख छ । कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ । यही व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंकले कुमारी बैंकलाई सचेत गराएको हो ।

Read More