नेपाल धितोपत्र बोर्डका आन्दोलनरत कर्मचारी र अर्थ मन्त्रालयबीच आज बिहान भएको वार्तामा सहमति भएको छ। आज बिहान करिब ८ः३० बजे अर्थ मन्त्रालयमा भएको वार्तामा बोर्डका कर्मचारी र अर्थ मन्त्रालयबीच सेवा–सुविधा खारेजीसम्बन्धी निर्णय पुनरावलोकन गर्ने सहमति भएको हो।
सहमतिअनुसार अर्थ मन्त्रालयले कर्मचारीको सेवा सुविधा खारेजीसम्बन्धी निर्णय पुनरावलोकन गर्ने र कर्मचारीहरूले पछिल्ला ४८ दिनदेखि जारी आन्दोलन स्थगित गरी नियमित काममा फर्किने भएका छन्।




.png)
