प्रस्तावित २७० मेगावाट क्षमताको भेरी–१ अर्धजलाशययुक्त जलविदुत् आयोजना निर्माण गर्न निर्माणकर्ता गेजुवा ग्रुप पार इन्भेष्टमेन्ट नेपाल प्रालिले आवश्यक प्रक्रिया अघि बढाएको छ ।
कम्पनीले जलविद्युत आयोजना निर्माण गर्न आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मुल्यांकन (इआईए) स्वीकृतिका लागि वन मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।
आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा प्रतिकुल असर पर्ने भएमा ३५ दिनभित्र राय सुझाव पेश गर्न विद्युत् विकास विभागले सूचना समेत प्रकाशित गरेको छ ।





