काठमाडौँ । बैंकिङ क्षेत्रको नाफा घटेको पाइएको छ । बैंकहरूले प्रकाशित गरेको आर्थिक वर्ष २०८२/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार यो अवधिमा नाफा १८.७८ प्रतिशतले घटेर १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ कायम भएको हो । गत वर्ष बैंकहरूले यही अवधिमा १६ अर्ब १८ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका थिए ।





