डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : एक किस्ता नतिर्दा ११ उद्योगमा अझै जोडिएन विद्युत्


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : एक किस्ता नतिर्दा ११ उद्योगमा अझै जोडिएन विद्युत्

काठमाडौँ — डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापत थप प्रिमियम रकम नितरेका कारण ११ उद्योगमा अझै विद्युत् जोडिएको छैन ।

नेपाल विद्युत् प्राधिकरणले कात्तिक ४ र कात्तिक ७ मा गरी २३ उद्योगको विद्युत् आपूर्ति बन्द गरेको थियो । बक्यौता तिर्नुपर्ने कुल २५ उद्योगमध्ये दुई उद्योग पहिले नै बन्द भएका थिए । त्यसमध्ये ११ उद्योगमा विद्युत् जोडिएको छैन ।

प्राधिकरणका अनुसार तिहारकै बीचमा घराना फुड्स र गोयन्का फुड्सले पहिलो किस्ता तिरेपछि लाइन जोडिएको थियो । त्यसयता सोमबार ४, मंगलबार ३ र बुधबार एक र बिहीबार २ उद्योगले किस्ता तिरेपछि विच्छेद गरिएको उद्योगको लाइन जडान गरिएको प्राधिकरणले जनाएको छ ।

Read More