असोजको बाढीले कृषि क्षेत्रमा साढे ३ अर्वको नोक्सानी, ५ लाख टन धान उत्पादन घट्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
असोजको बाढीले कृषि क्षेत्रमा साढे ३ अर्वको नोक्सानी, ५ लाख टन धान उत्पादन घट्ने

१ महिना अगाडिको वर्षाले कृषि क्षेत्रमा ३ अर्व ५५ करोडरुपैंया बराबरको नोक्सानी भएको छ । बाढीको कारण धान बालीमा पुगेको क्षतिको कारण गत वर्षको तुलनामा ५ लाख मेट्रिक टन कम उत्पादन हुने अनुमान गरिएको छ ।

बाढीका कारण धानसहित सबैखाले बाली, चौपाया र कृषि पूर्वाधारहरुमा पुगेको क्षति हिसाब गर्दा त्यो ३ अर्ब ५५ करोड रुपैयाँ बराबर पुगेको कृषि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
बाढीले पुर्याएको क्षतिकै कारण यस पटक धान उत्पादनमा पनि गम्भिर असर पुग्ने देखिएको छ । यो वर्ष गत वर्षको तुलनामा ५ लाख मेट्रिक टन कम उत्पादन हुने सरकारले प्रक्षेपण गरेको छ ।

गत वर्ष ५९ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । त्यसमा ६ लाख मेट्रिक टन चैते धान उत्पादन भएको थियो भने ५३ लाख मेट्रिक टन वर्षे धान थियो । यस वर्ष स्याहार्ने समयमा आएको अविरल वर्षा र बाढीको कारण करिब ४७ लाख मेट्रिक टन मात्रै धान उत्पादन हुने अनुमान गरिएको कृषि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

स्मरणरहोस यस वर्ष धान रोप्ने समय असार—साउनमा खडेरी पर्दा झण्डै २७ हजार हेक्टरमा धान खेती हुन सकेको थिएन । खासगरि धानको पकेट क्षेत्र मानिने मधेस प्रदेशमा यस पटक लामो खडेरी परेको थियो । सरकारले उक्त प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यहीकारण यसपटक मधेश प्रदेशमा केवल ८६ प्रतिशत मात्रै धान रोपाई भएको थियो ।

Read More