टेस्लाका मालिक इलन मस्कलाई १० खर्ब डलर बराबरको तलब प्याकेज दिन कम्पनीको शेयरधनीहरू सहमत भएका छन्।
बिहीबार बसेको बोर्ड बैठकले मस्कलाई सेयर र पैसा गरी वार्षिक १० खर्ब डलरको पारिश्रमिक प्याकेज दिन स्वीकृती दिएको हो।
उक्त प्रस्तावको पक्षमा ७५ प्रतिशत शेयरधनीहरूले मतदान गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
मस्कले प्राप्त गर्ने पारिश्रमिक अहिलेसम्म कुनै पनि कम्पनीको सिइओले प्राप्त गरेको सर्वाधिक प्याकेज हो।





