काठमाडौं । गत असोज ७ गतेदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)को स्वतन्त्र कर्मचारी संगठन र कर्मचारी युनियनको संयुक्त आन्दोलनको प्रभावले धितोपत्रको प्राथमिक बजार रित्तो हुने अवस्थामा पुगेको छ ।
प्राथमिक बजारमा हाल एसवाई प्यानल नेपालको आईपीओ थप सर्वसाधारणमा जारी छ । कात्तिक १९ गतेदेखि निष्कासन शुरू भएको यस कम्पनीको आईपीओ भर्ने म्याद कात्तिक २३ गतेसम्म छ ।
एसवाई प्यानल नेपालले आईपीओ निष्कासनका लागि गत भदौ १७ गते बोर्डबाट अनुमति पाएको थियो । त्यसपछि कुनै पनि कम्पनीले आईपीओको अनुमति पाएका छैनन् ।





