काठमाडौँ । लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ । सरकारी निकायहरूले प्रभावकारी रूपमा राजस्व उठाउन ध्यान नदिँदा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन छाडेको हो ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४९ अर्ब मात्रै राजश्व उठाएको छ । यो अवधि अर्थात असोज मसान्तसम्ममा सरकारले ३ खर्ब २१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । यद्यपि अघिल्लो आर्थिक वर्षको यो अवधिको तुलनामा सङ्कलित राजस्व झिनो मात्रमा बढेको छ ।





