रौतहटमा उखु उत्पादन आधा घट्यो, चिनी मिल र किसान दुबै चिन्तित


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रौतहटमा उखु उत्पादन आधा घट्यो, चिनी मिल र किसान दुबै चिन्तित

यस वर्ष रौतहटमा उखु उत्पादन करिब आधा घटेको छ। किसानले भुक्तानीमा ढिलाइ र चिनी मिलहरू बन्द भएपछि उखु खेतीप्रति चासो कम देखाएपछि उत्पादनमा ठूलो गिरावट आएको हो।

घाटाको कारण देखाउँदै रौतहटको मध्यभागमा अवस्थित श्रीराम सुगर मिल्स गत वर्षदेखि नै बन्द छ। त्यस्तै, कटहरिया नगरपालिकास्थित बाबा बैजुनाथ चिनी मिल सञ्चालनमा रहे पनि उखु अभावका कारण उत्पादन लक्ष्य पुरा हुन नसकेको बताइन्छ।

Read More