कर्मचारी आन्दोलनका कारण ४४ दिनदेखि सेवोनको सेवा ठप्प, रोकियो ९९ कम्पनीको ८० अर्बको निष्कासन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कर्मचारी आन्दोलनका कारण ४४ दिनदेखि सेवोनको सेवा ठप्प, रोकियो ९९ कम्पनीको ८० अर्बको निष्कासन

पछिल्लो ४४ दिनदेखि नेपाल धितोपत्र बोर्डमा कर्मचारीको आन्दोलनका काराण्ले गर्दा कुनै पनि काम हुन सकेको छैन । बोर्डका कर्मचारीहरुले सेवा सुविधाको विषयलाई लिएर निरन्तर रुपमा आफ्नो आन्दोलन जारी राख्दा दैनिक काम नै ठप्प भएको अवस्था छ । 

कर्मचारीहरुले आफ्नो माग पुरा नहुँदासम्मका लागि आन्दोलन जारी रहने बताएका छन् । कर्मचारीको आन्दोलनको प्रभाव धितोपत्र निष्कासनमा समेत परेको छ । बोर्डले पछिल्लो २ महिना भन्दा बढी समयदेखि कुनै पनि कम्पनीलाई प्राथमिक निष्कासन स्वीकृत हुन सकेको छैन । पछिलो पटक बोर्डले भदौको १८ गते “एनएमबि सरल बचत फण्ड इ” को निष्कासन स्वीकृत गरेको थियो । त्यस यता बोर्डबाट कुनै पनि सार्वजनिक निष्कासनले निष्कासन अनुमति पाएका छैनन् ।

Read More