बेइजिङ, कात्तिक १९ गते । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
यससँगै विश्वका दुई ठुला अर्थतन्त्रबिचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम रहने भएको छ । बेइजिङको स्टेट काउन्सिललाई उद्धृत गर्दै चीनको वित्त मन्त्रालयले बुधबार आफ्नो वेबसाइटमार्फत प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सामानमा लगाइने २४ प्रतिशत कर एक वर्षका लागि स्थगित गरिने छ र १० प्रतिशत कर भने यथावत् रहने छ ।”





