श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियालाई म्यानपावर सम्बन्धी १० बुँदे मापदण्ड तत्काल कार्यान्वयन गर्न नसकिने कुटनीतिक नोट पठाएको छ।
श्रमले मंगलबार परराष्ट्रलाई पत्राचार गर्दै अहिलेको शर्त जटिल रहेको र दुई पक्षीय वार्ताबाट समस्या समाधान गर्न सकिने उल्लेख गरेको श्रम मन्त्रालयका सूचना अधिकारी जनकराज शर्माले जानकारी दिए।
‘शर्त अप्ठ्यारो भएको प्रश्न उठेपछि तत्कालै कार्यान्वयन गर्न सकिँदैन भनेर हामीले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेका छौं।





