सोमबार सेयर बजारमा ४.५५ अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.५५ अंकले घटेर १ हजार २ सय ५५ दशमलव ०९ अंकमा झरेको छ । कारोबार रकम भने ४३ करोड रुपैयाँ माथि भएको छ । दिनभर भएका ७ हजार १ सय ९४ कारोबारबाट १६७ कम्पनीका १५ लाख ५ हजार ५ सय ६ कित्ता सेयर किनबेच भएका छन् ।







