मलेसियाको १० बुँदे मापदण्डबारे म्यानपावर व्यवसायीसँग श्रम मन्त्रालयले माग्यो आधिकारिक धारणा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मलेसियाको १० बुँदे मापदण्डबारे म्यानपावर व्यवसायीसँग श्रम मन्त्रालयले माग्यो आधिकारिक धारणा

मलेसिया सरकारले म्यानपावर कम्पनी छनोटका लागि पठाएको १० बुँदे मापदण्ड बारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर व्यवसायीहरूसँग धारणा मागेको छ। 

मन्त्रालयले म्यानपावर व्यवसायीहरूको छाता संस्था वैदेशिक रोजगार व्यवसायी संघलाई पत्र पठाएर आधिकारिक धारणा मागेको हो।

मलेसियाले विभिन्न १० मापदण्ड पूरा गरेका म्यानपावरबाट मात्रै श्रमिक लैजाने जनाएको छ। 

मलेसियाले नेपालसँगै श्रमिक पठाउने स्रोत मुलुक बंगलादेश, भारत, पाकिस्तान र म्यानमारका म्यानपावरका लागि समेत एकै किसिमको मापदण्ड तोकेको छ। 

Read More