स्टार्टअप कर्जा अब २० लाख रुपैयाँ मात्रै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
स्टार्टअप कर्जा अब २० लाख रुपैयाँ मात्रै

काठमाडौँ । सरकारले आर्थिक अभाव देखाउँदै स्टार्टअपलाई दिने कर्जाको सीमा घटाएको छ । सरकारले ल्याएको नयाँ स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधिमा यस्ता उद्यमीले आर्थिक वर्ष २०८२/८३ देखि २० लाख रुपैयाँसम्म मात्र कर्जा पाउने व्यवस्था गरिएको छ । आर्थिक वर्ष (आव) २०८०/८१ देखि यस्तो कर्जाको सीमा २५ लाख रुपैयाँ थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ लागू गर्दै अधिकतम सीमा घटाएको हो । यस्तो कर्जा परियोजना धितोमा प्रदान गरिने कार्यविधिमा उल्लेख छ । 

अधिकतम सीमा घटाइए पनि न्यूनतम कर्जा सीमा भने यथावत छ । हालको कार्यविधिको दफा १३ अनुसार कर्जा रकम निर्धारण गर्दा न्यूनतम ५ लाख रुपैयाँ र अधिकतम २० लाख रुपैयाँ हुनुपर्ने उल्लेख गरिएको छ ।

स्रोतको चापका कारण थप दायित्व सृजना हुने भन्दै निवेदन नै नलिन निर्देशन दिएको मन्त्रालयले स्टार्टअप उद्यम कर्जाको अधिकतम सीमासमेत घटाएको हो । बजेट कम भएको भन्दै स्टार्टअप उद्यम कर्जाको सीमा घटाई २० लाख रुपैयाँ कायम गरिएको मन्त्रालयका एक अधिकारीले बताए । उद्योग विभागले निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी गत आवका निवेदन नलिने सूचना असोज २३ मै जारी गरिसकेको छ । 

Read More