उखु किसानले अझै पाएनन् अनुदान रकम


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
उखु किसानले अझै पाएनन् अनुदान रकम

काठमाडौं : खेतमा नयाँ उखु बाली उब्जिसक्यो। तर, उखु किसानहरूले पुरानै उखुको अनुदान रकम पाएका छैनन्। भदौमै काठमाडौं केन्द्रित आन्दोलन गरेका किसानहरूको माग अहिलेसम्म सरकारले सुनवाइ नगरेको केन्द्रीय उखु संघर्ष समितिका संयोजक श्यामबाबु रायले बताए। सुशीला कार्की नेतृत्वको सरकारले पनि उखु किसानहरूको माग सुनुवाइमा गम्भीरता नदेखाएको पीडित किसानको गुनासो छ।

चाड सकिए, अनुदान आएन

अनुदान रकम नपाउँदा किसानहरूको दसैं, तिहार र छठ पर्व खल्लो भएको महोत्तरीका किसान नेता नरेशसिंह कुशवाहाले बताए। दसैंअगाडि आन्दोलित किसानहरूले नवगठित सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री डा.मदन परियारलाई गत वर्षको उखुको अनुदान रकम उपलब्ध गराउन ध्यानाकर्षण गराएका थिए। उक्त भेटमा मन्त्री परियारले अनुदान रकम उपलब्ध गराउने पनि बताएका थिए। तर, ठूला चाडपर्व बितिसक्दा पनि अनुदान रकम सरकारले उपलब्ध नगराएको संघर्ष समितिका संयोजक रायले अन्नपूर्णलाई जानकारी दिए।

Read More