काठमाडौं : डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा बिजुली आपूर्ति रोक्दा उत्पादन ठप्प भएको भन्दै उद्योग संगठन मोरङले आपत्ति जनाएको छ ।
संगठनले आइतबार विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति अवरुद्ध गरिँदा औद्योगिक उत्पादन बन्द हुन पुगेको र यसले निजी क्षेत्रप्रति नकारात्मक सन्देश गएको जनाएको छ ।





