१६ कात्तिक, काठमाडौं । सरकारले चेक बाउन्सका कारण कालोसूचीमा राख्ने अवधि बढाए पनि कालोसूची पर्नेको संख्या झनै बढेको छ । सरकार र नेपाल राष्ट्र बैंकले सम्बन्धित व्यक्ति वा संस्थाको आर्थिक कारोबार चक्र नबिग्रियोस् भनेर कानुनी व्यवस्था मार्फत सहजीकरण गर्दा पनि कालोसूचीमा पर्नेको संख्या नघटेको हो ।
सरकारले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दोस्रो संशोधन मार्फत रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार खातावालले आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिन वा दिन हुँदैन ।





